स्थानीय निर्वाचन २०७९ अपडेट : १८,७४२ उम्मेदवारी दर्ता

स्थानीय तह निर्वाचन २०७९ अन्तर्गत सोमबार दोस्रो दिन पनि उम्मेदवारी दर्ता प्रक्रिया जारी छ । चुनावका लागि देशभरका निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारहरू उम्मेदवारी दर्ता गरिरहेका छन् ।

निर्वचन आयोगका अनुसार सोमबार दिउँसो १ बजेसम्मको तथ्यांकमा पालिका प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्य गरी १८ हजार ७ सय ४२ जनाको उम्मेदवारी परेको छ । जसमा मेयरको प्रमुखमा ८६३, अध्यक्षमा ६९५,उपप्रमुखमा ४२४,उपाध्यक्षमा ३८९,वडाध्यक्षमा ५०५४, महिला सदस्यमा ६१०८,दलित महिला सदस्यमा २८५४, सदस्य २३५५ गरी १८७४२ जनाको उम्मेदवारी परेको छ । उम्मेदवारी दर्ताको समय सोमबार बेलुका ५ बजेसम्मलाई तोकिएको छ ।


साभार रातोपाटी

Back to top button