सिरहामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

काठमाडौं । सिरहाको धनगढीमाई नगरपालिका–७ मा सोमबार बिहान मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ ।मृत्यु हुनेमा मोटरसाइकल चालक स्थानीय १५ वर्षीय हरि नारायण महतो रहेका छन् ।दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएको प्रहरीले जनाएको छ ।सोमबार बिहान अनटेष्ट मोटरसाइकल अनियन्त्रित भइ पल्टिएको इलाका प्रहरी कार्यालय धनगढी सिराहाले जनाएको छ ।साभार ईमेज खबर

Back to top button