स्थानीय तह निर्वाचन : मनोनयन दर्ता दिनेको संख्या साढे १८ हजार नाघ्यो

काठमाडौं । स्थानीय तहको निर्वाचनको विभिन्न पदमा हालसम्म १८ हजार ७४२ जनाले उम्मेदवारी दिएका छन् ।निर्वाचन यही बैशाख ३० गते हुँदै छ ।

निर्वाचन आयोगका अनुसार सोमबार दिउँसो १ बजेसम्म उक्त संख्यामा उम्मेदवारी परेको हो । उम्मेदवारी सोमबार बेलुकी पाँच बजेसम्म दिन पाइने छ ।

उम्मेदवारी दिनेमध्ये प्रदेश १ मा ३ हजार ३५३, मधेश प्रदेशमा ५ हजार ६७६, बागमती प्रदेशमा २ हजार ५४४, गण्डकी प्रदेशमा १ हजार १७६, लुम्बिनी प्रदेशमा ४ हजार ९१, कर्णाली प्रदेशमा ७७९ र सुदूरपश्चिम प्रदेशमा १ हजार १२३ जना रहेका छन् ।

आयोगका अनुसार हालसम्म प्रमुख पदमा ८६३, अध्यक्ष प्रदशमा ६९५, उपप्रमुख पदमा ४२४, उपाध्यक्ष पदमा ३८९, वडा अध्यक्ष पदमा ५ हजार ५४, महिला सदस्य पदमा ६ हजार १०८, दलित महिला सदस्यमा २ हजार ८५४ र सदस्यमा २ हजार ३५५ जनाले उम्मेदवारी दिएका छन् ।साभार ईमेज खबर

Back to top button