विवेकशील साझाका उम्मेदवारद्वारा काठमाण्डाैकाे मेयर र उपमेयरमा उम्मेदवारी दर्ता

काठमाण्डौ – विवेकशील साझा पार्टीका उम्मेदवारहरूले काठमाण्डौ महानगरपालिकाको मेयर तथा उपमेयर पदमा उम्मेदवारी दर्ता गराएका छन् । काठमाण्डौको निर्वाचन कार्यालयमा गएर समीक्षा बाँस्कोटाद्वारा मेयरमा तथा उपमेयरमा कीर्ति तुलाधरले उम्मेदवारी दर्ता गर्नुभएको हो ।

काठमाण्डौ महानगरभित्र समस्याको चाङ रहेको र विज्ञहरूको सुझाव लिएर ती सबै समस्याको समाधान गर्दै लैजाने गरी प्रतिज्ञापत्र सार्वजनिक गरिएको मेयरका उम्मेदवार बास्कोटाले बताउनुभयो । उहाँले आफूहरू विजयी भएमा काठमाण्डौ महानगरमा विकास, निर्माणको कामले उचाइ लिने पनि बताउनुभयो ।

पार्टीले प्रतिज्ञापत्रमा भ्रष्टाचार नियन्त्रण, सुशासन, शिक्षा, स्वास्थ्य र सामाजिक सुरक्षाको प्रबन्ध गर्ने तथा नेवाः कला संस्कृतिको संरक्षण, बिजुली गाडीकाे व्यवस्था, नदी, कुवा, खोलानालाहरूको सफाइ गर्ने उल्लेख गरेकाे छ । साभार उज्यालो अनलाईन

Back to top button