९५ अङ्कले बढेपछि शेयर बजारमा हरियाली, ४ वटाबाहेक सबै कम्पनीको भाउ उकालो

काठमाण्डाै – पछिल्लो समय लगातार ओरालो लाग्दै आएको शेयर बजार आज आइतवार भने उच्च अङ्कले बढेको छ । शेयर बजार परिसूचक नेप्से आज ९५ दशमलव ४६ अङ्कले बढेर दुई हजार चार सय २० दशमलव ९१ विन्दुमा पुगेको छ ।

सबै समूहको शेयर बढेको दिन बीमा, जलविद्युत्, फाइनान्स, विकास बैंक र माइक्रोफाइनान्स समूहको शेयर उच्च अङ्कले उकालो लागेको छ ।

आज कारोबार रकममा पनि सुधार आएको छ । दुई सय ३८ वटा कम्पनीका ६६ लाख ३९ हजार कित्ता शेयर दुई अर्ब ५३ करोड १२ लाख रुपैयाँमा कारोबार भएका छन् । सबैभन्दा धेरै सानिमा बैंकको प्रमोटर शेयर २२ करोड रुपैयाँमा किनबेच भयो ।

आज बेस्ट फाइनान्स, नेशनल हाइड्रोपावर लगायतका १२ वटा कम्पनीको शेयर १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ । आज जम्मा चार वटा कम्पनीको शेयर मात्रै घटेको छ ।साभार उज्यालो अनलाईन

Back to top button