भोलि उम्मेदवारको मनोनयन दर्ता, निर्वाचन आयोगले पत्रकार सम्मेलन गर्दै

निर्वाचन आयोगले शनिबार पत्रकार सम्मेलन बोलाएको छ । दिउँसो साढे ४ बजे आयोगले पत्रकार सम्मेलन गर्न लागेको हो ।  वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि आइतबार र सोमबार २ दिन ७७ मुख्य निर्वाचन अधिकृत र ६७६ निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता हुने आयोगले जनाएको छ ।

आयोगले गरेको निर्वाचनसम्बन्धी सबै तयारीको सन्दर्भमा जानकारी दिन प्रमुख निर्वाचन आयुक्त सहितको उपस्थितिमा पत्रकार सम्मेलन गर्न लागिएको आयोगका प्रवक्ता शालिग्राम शर्माले जानकारी दिए ।साभार रातोपाटी

Back to top button