चार वर्षिया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा एकजना पक्राउ

चार वर्षिया बालिकालाई जवरजस्ती करणी गरेको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । जलजला गाउपालिका वडा नं.३ वारीबेनीमा ४ वर्षिय नाबालिकालाई म्याग्दी बेनी नगरपालिका वडा नं. ४ घर भई हाल जिल्ला पर्वत जलजला गाउपालिका वडा नं. ३ वारीवेनीमा डेरा गरी बस्ने बर्ष २२ को सन्देश छिनालले जबरजस्ती करणी गरेको भन्दै पक्राउ गरिएको हो ।

बालिकालाई बेहोस अवस्थामा आफन्तले भेटी उपचारको लागी बेनी अस्पताल म्याग्दी लगिएको थियो । प्रहरी चौकी वारीवेनीबाट प्रहरी सहायक निरीक्षक बिराज ढकालको कमाण्डमा टोली खटिई नियन्त्रणमा लिएको र विस्तृत अनुसन्धानको लागी जिल्ला प्रहारी कार्यालय पर्वतबाट प्रहरी निरीक्षक प्रकाश राउतको कमाण्डमा टोली खटीई गई अनुसन्धान पश्चात निज सन्देश छिनाललाई करणी सम्बन्धी कसूर अन्तर्गत जबरजस्ती करणी गर्न नहुने शिर्षकमा मुद्दा दर्ता गरी पर्वत जिल्ला अदालबाट पहिलो पटक दिन १० (दश) को म्याद थप गरी अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएको छ ।

Back to top button