सत्तारुढ गठबन्धनले सातै प्रदेशमा चुनावी सभा गर्ने, काठमाडौंमा २२ वैशाख गते

काठमाडौं । पाँचदलीय सत्तारुढ गठबन्धनले सातवटै प्रदेशमा संयुक्त चुनावी सभा गर्ने भएको छ।गठबन्धनमा नेपाली कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताले सम्बोधन गर्ने छन् ।

कांग्रेस नेता रामचन्द्र पौडेल नेतृत्वको स्थानीय तह चुनाव तयारी तथा अनुगमन समितिको बिहीबार बसेको बैठकले १८ देखि २२ वैशाखसम्म चुनावी सभा गर्ने निर्णय गरेको हो ।

सातै प्रदेश सदरमुकाममा आयोजना हुने सभालाई पाँचै दलका प्रमुख नेता र गठबन्धनका संयोजकसमेत गरी ६ जना शीर्ष नेताहरूले सम्बोधन गर्नेछन् ।जसअनुसार १८ वैशाख बिहान ११ बजे सुदूरपश्चिमको धनगढी र सोही दिन कर्णाली प्रदेशको सुर्खेतमा दिउँसो २ बजे चुनावीसभा हुनेछ ।

१९ वैशाख विहान ११ बजे लुम्बिनी प्रदेशको बुटवल र सोही दिन दिउँसो २ बजे गण्डकी प्रदेशको पोखरामा चुनावी सभा हुनेछ ।यस्तै, २० वैशाख बिहान ११ बजे प्रदेश १ को विराटनगर र सोही दिन दिउँसो २ बजे मधेस प्रदेशको राजधानी जनकपुरमा चुनावी सभा छ ।एक दिन खाली राखेर गठबन्धनले २२ वैशाखमा संघीय राजधानी काठमाडौंमा शक्ति प्रदर्शनसहित चुनावी सभा गर्ने भएका छन् ।साभार उज्यालो अनलाईन

Back to top button