पत्रकार महासङ्घका सदस्य पालिका चुनावमा उम्मेदवार बनेमा स्वतः पदमुक्त हुने

काठमाण्डाै – नेपाल पत्रकार महासङ्घले आफ्ना कुनै पनि पदाधिकारी र सदस्य पालिका चुनावमा उम्मेदवारी दिएमा महासङ्घको पदबाट स्वतः मुक्त हुने निर्णय गरेको छ ।

महासङ्घको केन्द्रीय कार्यालय सञ्चारग्राममा आज बिहीवार बसेको बैठकले सदस्यता प्राप्त गरेका कोही पनि सदस्यले पालिका चुनावमा उम्मेदवार बन्न चाहेमा महासङ्घको गरिमा, साख र साझा चरित्रको ख्याल गर्दै सदस्यता परित्याग गरेर मात्रै उम्मेदवार बन्न आग्रह गरेको छ । यदि महासङ्घको सदस्यता परित्याग नगरि उम्मेदवारी दिने व्यक्ति महासङ्घमा कायम रहेको पदबाट स्वतः मुक्त हुने निर्णय गरेको छ ।

यस्तै महासङ्घले पालिका चुनावमा महासङ्घका सबै सदस्यलाई आचारसंहिताको पालना गरेर तटस्थ भूमिका निर्वाह गर्न पनि आग्रह गरेको छ । साभार उज्यालो अनलाईन

Back to top button