पर्वतको कुश्माबजार स्थित लोकतान्त्रिक चोकको एक घरमा आगालागि

पर्वतको कुश्माबजार स्थित लोकतान्त्रिक चोकको एक घरमा आगालागि भएको छ । स्थानिय लक्ष्मि श्रेष्ठको घरमा आज बिहान ११ बजे तिर सल्केको आगोले घर जलेर नस्ट भएको हो । उक्त घरमा रहेका सबै चिज बस्तु जलेर नस्ट भएको छ ।

घरको तल्लो तलामा रहेको गोबिन्द टेलर समेत जलेर नस्ट भएको छ । स्थानियबासिन्दा, कुश्मा नगरपालिका र बाग्लुङ नगरपालिकाको दमकल, सुरक्षाकर्मी हरु मिलेर एकघण्टामा आगो नियन्त्रणमा लिएका छन । जिल्ला प्रहरी कार्यालयले क्षतिको यकिन गरिरहेको जानकारी दिएको छ ।

आगालागिले घर जलेर नस्ट भएपनि मानबिय क्षति भने नभएको प्रहरीले जानकारी दिएको छ । के कारणले आगो लागेको हो भन्ने यकिन भएको छैन । यधपी बिद्धुत सर्ट भएर आगालागि भएको अनुमान गरिएको छ ।

कुश्मा नगरपालिकाका प्रमुख रामचन्द्र जोशी समेत आगालागि नियन्त्रणमा सकृयता पुर्वक सहभागि हुनुभएको थियो । उहाँले गर्मी मौसम शुरु भएकाले यस्ता घटना हुन नदिन बिशेष सचेत हुनुपर्ने सुझाव दिनुभएको छ ।

Back to top button