पहिरोमा परी पाल्पामा ६१ वर्षीय पुरुषको मृत्यु

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका–१ कलचमा पहिरोमा परी एक जनाको मृत्यु भएको छ ।आज बिहान गएको पहिरोमा परी ६१ वर्षीय दिलबहादुर हिस्कीको मृत्यु भएको हो ।

पानीको नहर खन्ने क्रममा अचानक माथिबाट ढुङ्गा सहितको पहिरो खसेर हिस्कीलाई च्यापेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।पहिरोले पुरिएको अवस्थामा उनको शव निकालिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक विरेन्द्र थापाले जानकारी दिनुभयो । उहाँका अनुसार प्रारम्भिक अनुसन्धानपछि शवलाई पोष्टमार्टका लागि लुम्बिनी प्रादेशीक अस्पताल बुटवल पठाइएको छ ।साभार ईमेज खबर

Back to top button