साँगितिक कार्यक्रमका लागि गायक कृष्ण अखेली यूके जाँदै

पर्वत) । पछिल्लो समयका लोकप्रिय एवम् चर्चित लोकदोहोरी गायक कृष्ण अखेली यूके जाने भएका छन् । नयाँ बर्ष २०७९ को अवसरमा शिव सांस्कृतिक तथा सामुदायिक केन्द्र ( Shiva cultural and community centre) यूकेले अप्रिल २४ तारिखका दिन आयोजना गर्ने लागेको साँस्कृतिक कार्यक्रमका लागि गायक अखेली यूके जान लागेका हुन् । उनको साथमा गायिका तुलसी क्षेत्री पनि यूके जाँदै छन् ।

गायक अखेलीले गायिका क्षेत्रीसहित यहि अप्रिल २१ तारिखमा नेपालबाट यूके प्रस्थान गर्नेछन् । गायक अखेलीले यूकेमा आफ्ना दर्जन भन्दा धेरै गित संगित मार्फत रनोरञ्जन दिनेछन् । अखेलीको यो पहिलो विदेश भ्रमण हो । नेपालका अधिकाँश जिल्लामा पुगेका गायक अखेली पहिलोपटक यूकेको साँगितिक भ्रमण गर्न पाउँदा निकै खुशी लागेको बताए । उनले आयोजनक टिमलाई धन्यवाद दिँदै २४ अप्रिलको कार्यक्रममा सहभागी भइदिन यूकेवासी नेपालीलाई अपिल गरेका छन् ।

छ महिनाका लागि यूके हिँडेका अखेलीले यूकेका विभिन्न ठाउँमा आयोजना हुने साँस्कृतिक कार्यक्रममा भाग लिनेछन् । उनका पछिल्लो समयका गितहरु अत्याधिक लोकप्रिय छन् । उनको ‘भिर्नी झोला’ मा बोलको गित सर्वाधिक रुचाईएको गित हो । उनलाई धेरैले भिर्नी खोलाका गायक भनेर पनि चिन्छन् । त्यस्तै उनका अन्य गितहरु पनि उत्तिकै लोकप्रिय मानिन्छन् ।

Back to top button