नेवि संघ स्थापना दिवस : पोशक सहित शैक्षिक सामग्री पाउँदा विद्यार्थी दंग

पर्वत) । बिद्यालय पोशक सहित शैक्षिक सामग्री पाएपछि यहाँका विपन्न बालबालिका खुशी भएका छन् । नेपाल बिद्यार्थी संघ पर्वतले ५३ औं स्थापना दिवसको अवसरमा बिद्यार्थीलाई १/१ थान पोशक सहित शैक्षिक सामग्री वितरण गरेपछि यहाँका विपन्न बालबालिका खुशी भएका हुन् ।
पर्वतको फलेवास नगरपालिका–१ कार्कीनेटामा अवस्थित देउराली प्राथमिक बिद्यालयका बिपन्न, गरिव तथा दलित समुदायका ८५ जना बिद्यार्थीलाई नेबि संघ पर्वतले पोशक सहित शैक्षिक सामग्री वितरण गरेको हो । भौगलिक हिसाबले दुर्गम मानिने उक्त बिद्यालयमा बिद्यार्थी संख्या धेरै र अधिकाँश बिपन्न, गरिव तथा दलित समुदायका बालबालिका अध्ययन गर्ने भएकाले उनीहरुको शैक्षिक विकासमा टेवा पु¥याउने उद्देश्यले पोशक सहित शैक्षिक सामग्री वितरण गरेको नेवि संघ पर्वतका अध्यक्ष सन्तोष पाठकले जानकारी दिनुभयो ।यसले विद्यार्थीलाई विद्यालय आउन आकर्षित गर्नुका साथै शैक्षिक गुणस्तरमा बृद्धि हुने उहाँको भनाई छ ।z}lIfs शैक्षिक सामग्री पाउँदा विद्यार्थी पनि दंग देखिन्थे ।

कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका निवर्तमान केन्द्रिय सदस्य एवम् संविधान सभा सदस्य अर्जुनप्रसाद जोशीले नेताहरुलाई खवरदारी गर्न आग्रह गर्नुभएको छ । नेताहरुले सत्तामा पुग्ने भ¥याङको रुपमा जनतालाई प्रयोग गर्ने परिपार्टीको विकास हुँदै गएको बताउँदै नेताहरुलाई सच्चाउने अन्तिम कडि जनता नै भएको बताउनु भयो । कम्युनिष्टहरु निर्वाचनको समयमा झुठा नारा दिँदै जनतालाई बहकाएर सत्तामा पुग्ने गरेको आरोप लगाउँदै नेता जोशीले मुलुकको परिवर्तन र विकासका लागि काँग्रेस नै जिम्मेवारी पार्टी भएको बताउनु भयो ।
कार्यक्रममा नेपाली काँग्रेस पर्वतका उपसभापति शिवप्रसाद सुवेदी, नेपाली काँग्रेसका महाधिवेशन प्रतिनिधी गंगाधर तिवारी, महाधिवेशन प्रतिनिधी राधाकुमारी कुवँर क्षेत्री, काँग्रेस नेता गंगाराज शर्मा, नेवि संघ पर्वतका निवर्तमान अध्यक्ष मिलन सुवेदी, नेपाली काँग्रेस फलेवास नगर कार्य समितिका सचिव चित्र शर्मा, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष महेन्द्रप्रसाद शर्मा लगायतले बोल्नुभएको थियो ।
नेवि संघ पर्वतका अध्यक्ष पाठकको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा स्वागत मन्तव्य नेपाल तरुण दल कार्कीनेटाका अध्यक्ष सन्तोष सुनार र कार्यक्रमको संचालन नेवि संघ पर्वतका नेता रामचन्द्र सुवेदीले गर्नुभएको थियो ।

Back to top button