फलेवासमा आकाँक्षी धेरै मेयरका : बलिया उम्मेदवारको खोजी

पर्वत) । स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा पर्वतको फलेवास नगरपालिकामा कुन पार्टीले विजय हासिँल गर्ला भन्ने आमचासो बढेको छ । नेकपा एमाले र काँग्रेसले फलेवासलाई अघिल्लो पटक पनि प्रतिष्ठाको केन्द्र बनाए भने अहिले पनि तिनै पार्टीले फलेवासलाई आफ्नो पोल्टामा पार्ने रणनीतिमा छन् । पाँचदिलय गठबन्धन बनेको हुनाले यसपाली फलेवासमा काँग्रेसले जीतको झण्डा गाड्ने निश्चित जस्तै रहेको कतिपयको बुझाइ छ । गत निर्वाचनमा नेपाली काँग्रेस मेयरमा ३ सय ४४ मतले पछाडी परेको थियो । एमालेले ९ वडा जित्दा काँग्रेस २ वडामा मात्रै सिमित बन्न पुग्यो । गत निर्वाचनको परिणाम उल्टाउने गरि यसपाली काँग्रेस चुनावी मैदानमा ओर्लिएको छ ।

काँग्रेसले फलेवासमा गठबन्धनलाई वडाको जिम्मेवारी दिने र मुख्य पद मेयर र उपमेयर आँफै संग राख्ने काँग्रेसको योजना छ । आम कार्यकर्ताहरुको धारणा पनि फलेवासमा मेयर र उपमेयर अन्यपार्टीलाई दिएर चुनावमा जाँदा पार्टीलाई नगन्य क्षती हुने संकेत देखिन्छ । मतसंख्या हेरेर वडामा गठबन्धनलाई वडा अध्यक्ष र सदस्य दिन सकिने काँग्रेस नेताहरुले बताए ।
गत निर्वाचनमा मेयर, उपमेयरले सम्मानजनक मत ल्याएपछि वडामा नमिठो पराजय व्यहोरेको काँग्रेस अहिले पनि विगतको गल्ति दोहोरिन नहुने कार्यकर्ताहरुको बिचारले चौतर्फी दबाबमा छ । फलेवासमा मेयर पदमा एमाले उम्मेदवार लाई टक्कर दिनसक्ने नेताको रुपमा गंगाधर तिवारी र राधाकुमारी कुँवर क्षेत्रीलाई हेरिएको छ । हुनत आकांक्षीहरु एक दर्जनभन्दा बढि छन् । परिस्थिती यस्तो छ कि एमालेको दबदबा रहेको फलेवासमा काँग्रेसका चानचुने नेताले मेयर जित्न सक्दैनन भन्ने त्रास काँग्रेसभित्र छ ।अनौठो विषय यो छ कि फलेवासमा उपमेयरमा कसैको चर्चा छैन, धेरैको चाहना मेयरमै छ । आकांक्षीहरु जतिधेरै भएपनि यसपाली काँग्रेसले सुझबुझका साथ उम्मेदवार मैदानमा निकाल्न सकेन भने परिणाम सहज छैन ।

गत निर्वाचनमा नगरपालिकामा उम्मेदवार मिलाउन सकेको भए सहजै जित हाँसिल गर्न सकिने थियो । अहिले पनि गंगा र राधा मिलाएर उम्मेदवार बनाउने हो भने जित्न सकिने बलियो आधार बनेको छ । कार्यकर्ताहरु संग नियमित भेट, मर्दापर्दा भेटघाट, हरेक कार्यक्रममा सहभागिता, चिनजान, असल आचरण, लाभको पदविहिन भएको हुनाले गंगा र राधा फलेवासको मेयरमा उचित उम्मेदवार हुन सक्ने नेता कार्यकर्ताहरुले बताउने गरेका छन् । जिल्ला बाहिर बस्ने र निर्वाचनको बेला मात्र उम्मेदवार बन्न जिल्ला आउने नेताका कारण अहिलेपनि उम्मेदवार छनोट गर्न समस्या भएको छ । यस्ता उम्मेदवारले किकेट पाएर हार्ने निश्चित छ ।
यता एमालेको तर्फबाट वर्तमान मेयर पदमपाणी शर्मा उम्मेदवार बन्ने लगभग निश्चित जस्तै छ । गत निर्वाचनमा एमालेका पदमपाणी शर्मालाई कमजोर उम्मेदवार भनेर प्रचार गरिएपनि अन्तत उनले काँग्र्रेसलाई पराजित गरे । यसपाली मेयर भएर झन बलियो बनेका पदमपाणी लाई हराउन काँग्रेस लाई सहज छैन । एमालेका कार्यकर्ताहरुको मत तान्न सक्ने उम्मेदवार गंगा र राधा नै हुन । राधा र गंगा दुबै मिलेर जाँदा जित सहज छ ।

एक नेताले नाम नबताउने सर्तमा भने,‘आकांक्षा राख्न पाउनु सबै क्रियाशिल सदस्यको अधिकारको कुरा भयो,’ तर जित्ने उम्मेदवार गंगा र राधा नै हुन् । उनले भने,‘ यिनीहरुले सल्लाह गरेर एकले अर्कोलाई सहयोग गर्नुपर्ने भयो ।’ उनका अनुसार यसपाली नेता गंगाधर तिवारीलाई प्रदेश साँसद बनाएर फलेवासमा राधाकुमारी कुँवर क्षेत्रीलाई मेयरमा अघि सार्नुपर्छन । उनले अर्को विकल्प पनि दिए । भन्छन्,‘ गंगालाई मेयर र राधालाई उपमेयर बनाउन पनि सकिन्छ ।’ अघिल्लो पटक गंगालाई मेयर र राधालाई उपमेयर बनाएको भए चुनाव जितेर देखिईन्थ्यो । तर गल्ति भयो ।’

चुनावी रणनीति बनाउन र फरक पार्टीका मत तान्न सक्ने खुबी भएकाले तिवारी र क्षेत्रीलाई फलेवासमा बलियो उम्मेदवारको रुपमा हेरिएको छ । कतिपय गंगालाई बलियो उम्मेदवार ठान्छन् भने राणनीति बनाउन सक्ने भएकाले कतिपय राधालाई अघि सार्नुपर्ने तर्क गर्छन । तर, दुबै थरि कार्यकर्ता राधा र गंगा नमिलेसम्म फलेवासमा अरुको बिकल्प नै देख्दैनन् । केहि थरि कार्यकर्ताहरु जिल्लामा महिलाहरु प्रमुख पदमा नपुगेको गुनासो बढिरहेकोले प्रमुख पदमा राधालाई टिकट दिँदा जिल्लाको सन्देश पनि राम्रो हुने सुझाव दिन्छन् ।

निर्वाचनमा मत बटुल्ने आधारहरुलाई मुख्य रुपमा हेर्ने गरिएको छ । उम्मेदवारको आचरण, भिजन, क्रियाशिलता, कार्यकर्ताहरु संगको चिनजान, सहयोग आदानप्रदान, लाई हेरेर मतमा प्रभाव पर्ने हुन्छ । त्यसका अलवा भेग र नातागोता पनि मत बटुल्ने आधार हुन् । गत निर्वाचनमा घाईते भएको हिसावले अहिले साटो फेर्न गंगाधर तिवारीलाई फेरि उम्मेदवार बनाउनुपर्ने तर्क गर्ने पनि भेटिए । कतिपय गंगाधर एकपटक टेस्टेड भैसकेकोले राधालाई अघि सारे मेयरमा जित सुनिश्चित भएको बलियो तर्क राख्छन् ।
गठबन्धनका कारण काँग्रेस बाहेक अन्य दलले टिकेट लिएमा सजिलै जितिने आकंलन गरेमा गठबन्धन दललाई धोका हुन सक्ने अगुवा नेताहरु बताउँछन् । गठबन्धन दलहरुको भर पर्नुभन्दा आफ्ना दरिलो उम्मेदवार खडा गर्न काँग्रेस नेतृत्वलाई फलेवासी कार्यकर्ताहरुको सुझाव छ । फलेवासमा काँग्रेसमा धेरै आकाँक्षी देखिएका छन् । मेयर पदमा शिवप्रसाद सुवेदी, रेखा गुरुङ, मुना भुषाल, मिलन सुवेदी, लगायतका नेताहरुको आकांक्षी रहेको छ । फलेवासलाई काँग्रेसले आफ्नो पोल्टोमा पार्न आकंक्षीहरु धेरै हुँदा समस्या हुन सक्ने भएकाले पार्टीभित्र थोरैको मात्रै नाम प्रदेशमा सिफारिस गर्ने कसरत चलिरहेको छ । नेपाली काँग्रेसमा नगरको मेयर र उपमेयर प्रदेश कार्यसमितिले टिकट वितरण गर्ने छ ।

Back to top button