शेयर बजार १३ अङ्कले बढ्याे, १ अर्ब ३२ करोड रुपैयाँको कारोबार

काठमाण्डाै – पछिल्लो समय लगातार घटिरहेको शेयर बजार आज मङ्गलवार भने बढेको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलव ३७ अङ्कले बढेर दुई हजार तीन सय ५७ दशमलव २४ विन्दुमा पुगेको छ ।

आज सबै समूहको शेयर उकालो लागेको छ । दुई सय २९ कम्पनीका ३२ लाख १३ हजार कित्ता शेयर एक अर्ब ३२ करोड ६८ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै नबिल बैंकको ६ करोड ३० लाख रुपैयाँको शेयर किनबेच भयो ।

नेष्डो समृद्ध लघुवित्त र ग्रीन भेन्चर्स कम्पनीको शेयर १० प्रतिशतले बढेको छ । समग्रमा बजार बढे पनि दिव्येश्वरी हाइड्रोको शेयर झन्डै नौ प्रतिशतले घटेको छ ।

Back to top button