नेकपा एसकाे घाेषणापत्र सार्वजनिक, निःशुल्क उपचारदेखि हरेक घरलाई २ सय युनिट बिजुली सित्तैमा

काठमाण्डाै – सत्ता साझेदार नेकपा (एकीकृत समाजवादी) ले पालिका चुनावकाे घोषणापत्र सार्वजनिक गरेको छ । आज मङ्गलवार काठमाण्डाैकाे राष्ट्रिय सभा गृहमा आयोजित एक कार्यक्रममा पार्टीका अध्यक्ष माधवकुमार नेपालले चुनावकाे घोषणापत्र सार्वजनिक गर्नुभएको हो ।

घोषणापत्रमा निःशुल्क उपचार, निःशुल्क शिक्षादेखि हरेक घरलाई मासिक दुई सय युनिटसम्म निःशुल्क बिजुली उपलब्ध गराउने विषय उल्लेख गरिएका छ्न ।

त्यस्तै एमालेबाट विद्रोह गरेर नयाँ पार्टी गठन गर्नुपर्नाको कारणलाई विशेष जोड दिएर उल्लेख गरिएको पार्टीका उपमहासचिव डा. विजय पौडेलले जानकारी दिनुभयो । त्यसैगरी घोषणा पत्रमा माधवकुमार नेपाल नेतृत्वको सरकारले गरेका काम, २०५१ सालमा एमालेको नौ महिने सरकारले गरेका ‘आफ्नो गाउँ आफैँ बनाऔँ’ लगायतका कार्यक्रमहरू समावेश गरिएको छ ।साभार उज्यालो अनलाईन

 

Back to top button