सुनकाे भाउ चार सय रुपैयाँले घट्याे

काठमाण्डाै – सुनको भाउ आज घटेको छ ।तोलामा चार सय रुपैयाँ घटेको सुनको भाउ आज तोलाको एक लाख दुई हजार एक सय रुपैयाँ तोकिएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो सुनको भाउ एक लाख दुई हजार पाँच सय रुपैयाँ पुगेको थियो । आज चाँदीको भाउ यथावत छ । आज चाँदी हिजोकै भाउ तोलाको एक हजार चार सय २० रुपैयाँ रहेको महासङ्घले जनाएको छ। साभार उज्यालो अनलाईन

Back to top button