नयाँ ‘मिस नेपाल’ का आवेदन खुल्ला

काठमाडौं । ‘मिस नेपाल’ को आयोजना गर्दै आएको द हिडेन ट्रेजरले नयाँ संस्करणको ‘मिस नेपाल’ को तयारी थालेको छ । हिडेन ट्रेजरले मंगलबार एक विज्ञप्ती जारी गर्दै मिस नेपालका लागि आवेदन खुला भएको जनाएको छ ।

सातै प्रदेशबाट मिस नेपाल प्रतियोगिताको लागि युवतीहरू सहभागी हुनेछन् । पोखरा, नेपालगञ्ज ,धरान, वीरगञ्ज, सुर्खेत र काठमाडौंमा अप्रिल २२ देखि १० सम्म अडिसन चल्ने भएको छ । सहभागिताका लागि इच्छुकले वैशाख ३१ गतेसम्म आवेदन दिन सक्नेछन् । आगामी असार ४ गते प्रतियोगिता फाइनल हुनेछ ।

मिस नेपालमा चयन हुनका लागि ५ फिट ३ इन्च उचाई र १८ वर्षदेखि २७ वर्षको उमेर बीचमा हुनुपर्नेछ । सबै जात, धर्म र सम्प्रदायका भाग लिन सक्ने मिस नेपालमा सहभागिताका लागि कुनै शुल्क लाग्ने छैन् ।यस पटकको मिस नेपाल अडिसनमा केहि मापदण्डहरू परिर्वतन गरिएको आयोजकले बताएको छ ।साभार ईमेज खबर

Back to top button