ढुवानी अवरूद्ध भएकाले चामल विमानस्थलमै रोकियो

काठमाडौं । हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकाका लागि ढुवानी हुँदै आएको चामल सिमकोट विमानस्थलमा नै थन्किएको छ ।

विमानस्थलबाट खाद्यान्नको गोदामसम्म ढुवानी गर्ने व्यवस्था हुन नसकेपछि ठूलो परिमाणमा खाद्यान्न विमानस्थलमै थन्किएको हो । खाद्य व्यवस्था तथा व्यापार लिमिटेड शाखा हुम्लाका अनुसार विमानस्थलबाट लिमिटेडको गोदामसम्म ट्रयाक्टरमा ढुवानी गर्ने बाटो बन्द भएको छ ।

यसअघि विमानस्थलबाट ट्रयाक्टरले गोदामसम्म खाद्यान्न ढुवानी गर्ने गरेको थियो । अहिले खाद्यान्न ढुवानी गर्ने सिमकोटस्थित तल्लो बजार क्षेत्रमा सडक मर्मत भइरहेको हुँदा ढुवानी हुन नसकेको लिमिटेड शाखा हुम्लाले जनाएको छ । सडक नबनेसम्म खाद्यान्न विमानस्थलमै थन्किने छ ।हाल सिमकोट विमानस्थलमा ५ सय २९ क्विन्टल खाद्यान्न रोकिएको छ । सडक निमार्ण हुन अझै एक साता भन्दा बढी लाग्ने छ ।साभार ईमेज खबर

Back to top button