तल्लो तहका कार्यकर्तालाई जबरजस्ती तालमेल गर्न बाध्य पार्नु हुँदैन : गगन थापा

काठमाण्डाै – नेपाली कांग्रेसका महामन्त्री गगन थापाले तल्लो तहका कार्यकर्तालाई केन्द्रले जबरजस्ती तालमेल गर्न बाध्य पार्न नहुने बताउनु भएको छ ।काठमाण्डाै क्षेत्र नम्बर ४ मा पार्टी कार्यकर्ताको प्रशिक्षण कार्यक्रममा थापाले जबरजस्ती निर्णय लाद्दा चुनावमा सोचेको भन्दा फरक परिणाम आउने बताउनुभयो ।

चुनाव पछाडि बहुमत नपुग्दा कसैसँग मिलेर सरकार बनाउने भन्ने संसदीय व्यवस्था अनुसार स्वाभाविक हुने तर चुनावभन्दा पहिले नै तालमेल गरेर चुनावमा जित्नको लागि जाने भन्ने कुरा स्वाभाविक नहुने उहाँले बताउनुभयो । साभार उज्यालो अनलाईन

Back to top button