गठबन्धन बैठकमा सहमतिको प्रयास : कांग्रेसलाई तीन तथा माओवादी, समाजवादी र जसपालाई एक/एक महानगर

काठमाण्डाै – महानगरपालिका र उपमहानरपालिकाको उम्मेदवार टुङ्ग्याउन सत्ता गठबन्धनको बैठक बसिरहेको छ ।

सत्ता गठबन्धन दलका नेता सम्मिलित स्थानीय तह निर्वाचन तयारी, परिचालन तथा अनुगमन समितिको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बसिरहेको हो । अहिले कांग्रेसलाई तीन महानगरसहित सात उपमहानगरमा मेयरको उम्मेदवार दिने तयारी भएको छ ।

कांग्रेसलाई काठमाण्डौ, ललितपुर र विराटनगर महानरपालिका दिने तयारी छ । यस्तै, भरतपुर महानगरको मेयर माओवादीलाई र उपमेयरसहित सबै २९ वडाका अध्यक्ष उम्मेदवार भने कांग्रेसको हुने गरी सहमतिको प्रयास भइरहेको छ।

पोखरामा मेयर एकीकृत समाजवादीलाई र वीरगञ्जमा मेयर जसपालाई दिनेबारे गठबन्धनमा छलफल भइरहेको छ । काठमाण्डौमा उपमेयर नेकपा एकीकृत समावादी तथा विराटनगरमा उपमेयर जसपालाई दिने तयारी भएको छ।

पोखरा र वीरगञ्जको उपमेयर कांग्रेसले पाउने गरी सहमतिको प्रयास भइरहेको छ। गठबन्धनको कार्यदलले तयार पारेको खाकामा सहमति जुटाउन अहिले छलफल भइरहेको छ ।साभार उज्यालो अनलाईन

Back to top button