सुपारी आयातमा झन्झट : अर्बौं लगानी र हजारौँ रोजगारी संकटमा

कच्चा पदार्थको रूपमा प्रयोग गरिने सुपारीको आयात झन्झटिलो बन्दा अर्बौं लगानी र हजारौं रोजगारी संकटमा परेको उद्योगी व्यवसायीहरूले बताएका छन् । संसदीय दलमा भएको छलफलमा उद्योगी तथा व्यवसायीहरूले सुपारी आयातमा झन्झट हुँदा लगानी नै जोखिममा परेको बताएका हुन् ।

छलफलमा सहभागी व्यवसायीहरूका अनुसार उद्योगमा रहेको मौज्दात सुपारी सकिइसकेको छ । करिब २/३ महिनालाई मात्र राखिने स्टक सकिएको र नयाँ आयात प्रक्रियामा झमेला हुँदा लगानी जोखिम तथा रोजगारी नै संकटमा परेको उनीहरूले बताएका हुन् । विदेशबाट आयातित सुपारीबाट गुट्का तथा पान बनाएर बिक्री वितरण गरिन्छ ।

छलफलमा सहभागी श्रीराम टोबाको उद्योगका प्रबन्धक रघु घिमिरेले उद्योग नै बन्द गर्नुपर्ने स्थिती श्रृजना भएको उल्लेख गरे । उनले भने, ‘उद्योग नै सञ्चालन गर्न नदिने भए अलग पाटो भयो । तर, सञ्चालन गर्न दिने तर कच्चा पदार्थ ल्याउन नदिने नीति लिइयो ।’ ‘विदेशबाट नेपालमा कच्चा पदार्थ आयात गर्न कम्तिमा ५० दिन लाग्छ । तर, हाल उद्योगमा मुस्किलले एक सातालाई मात्र पुग्ने सुपारी छ,’ उनले भने, ‘अब उद्योग चलाउनै नसकिने भयो ।’

उद्योग बन्द हुने भएपछि श्रमिकलाई कता पठाउनी भन्ने चिन्ता उत्पन्न भएको घिमिरेले बताए । झापाका किसानसँग गएर १÷१ किलो गरेर सुपारी संकलन गरेर यतिबेलासम्म उद्योग चलाउँदै आएपनि अब मौज्दात सकिएकाले उद्योग बन्द गर्नुको विकल्प नरहेको उनको भनाइ छ ।साभार रातोपाटी

Back to top button