पोखरा महानगरकाे मेयर र उपमेयर पदमा उम्मेदवारी दर्ता गराउन कांग्रेसकाे आह्वान

कास्की – नेपाली कांग्रेस पोखरा महानगर समितिले पोखरा महानगरपालिकाको मेयर र उपमेयर उम्मेदवार बन्न चाहनेलाई पार्टी उम्मेदवारी दर्ता गराउन आह्वान गरेको छ । महानगर समितिको सचिवालयले हिजाे सूचना निकालेर नाम दर्ता गराउन आह्वान गरेको हो ।

आज ४ बजेभित्र कांग्रेस नगर कार्यसमितिको सचिवालयमा आकाङ्क्षी आफैँ उपस्थित भइ नाम दर्ता गर्नुपर्ने सूचनामा उल्लेख छ । नेपाली कांग्रेसको विधान २०१७ (संशोधन सहित) धारा ३० (१) तथा स्थानीय तह निर्वाचन ऐन २०७३ को दफा १२ गते योग्य ठहर गरेको नेपाली नागरिकले तोकिएको ढाँचामा उम्मेदवारी दर्ता गराउन सूचना उल्लेख छ ।

गठबन्धनमा पोखरासहित देशका ६ महानगरपालिका कसको भागमा पर्ने निर्णय भइनसके पनि कांग्रेसले भने पोखरा महानगरपालिकाको मेयरका उम्मेदवार छनाेट अगाडि बढाएको छ । पोखरा महानगरमा मेयर उम्मेदवार कांग्रेसबाटै हुनुपर्ने दाबी गर्दै कास्की कांग्रेसको टोलीले केही दिन अगाडि कांग्रेस सभापति शेरबहादुर देउवालाई भेटेको थियो । साभार उज्यालो अनलाईन

Back to top button