स्याङ्जामा भएकाे जीप दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या पाँच पुग्याे

स्याङ्जा – स्याङ्जाको वालिङमा भएकाे जीप दुर्घटनामा ज्यान गुमाउनेकाे सङ्ख्या पाँच पुगेकाे छ ।बिहान १० बजेतिर डाँडाखर्कबाट वालिङका लागि छुटेको ग १ ज ७३९९ नम्बरको जीप फिरफिरेमा पल्टिएकाे थियाे ।

दुर्घटनामा चार जनाको घटनास्थलमै र एक जना बालकको उपचारका लागि अस्पताल ल्याउँदै गर्दा ज्यान गएको प्रहरीले जनाएकाे छ ।दुर्घटनामा परि गम्भीर घाइते भएका ६ जनालाई उपचारका लागि ग्रह्रौँ प्राथमिक अस्पतालमा ल्याइएकाे छ । जीप अनियन्त्रित भएर पल्टिएको आशङ्का गरिएको छ । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।साभार उज्यालो अनलाईन

Back to top button