स्थानीय तहकाे निर्वाचनमा परिचालित हुन तरुणहरुलाई अध्यक्ष गुरुङको निर्देशन

पर्वत। नेपाल तरुण दल अध्यक्ष विद्वान गुरुङ्ले नजिकिदै गईरहेको स्थानीय तहको निर्वाचनमा सबै तहका तरुणहरु परिचालित हुन निर्देशन दिनुभएको छ ।

उहाँले अहिलेको समयको लडाइ भनेको लोकतन्त्र र ओलितन्त्र विचको लडाइ भएको पनि बताउनुभयो । नेपाल तरुण दल सुनवलद्वारा आयोजित बृहत् तरुण भेलालाई सम्बोधन गर्दै गुरुङले गठवन्धनको उम्मेदवारलाइ जिताउन सबैलाई आग्रह गर्नुभयो । नेपाली काङ्ग्रेसको जुनसुकै उम्मेद्वार भएपनी त्यस्तो उम्मेद्वारलाई जिताउन कुनै पनि तरुणको सक्रिय भुमिका रहनुपर्ने र त्यस्तो भएन र पार्टीको त्यस कार्यसमितिबाट गुनासो आयो भने कुनै अनुशासन समितिमा सिफारिस नगरी तत्काल केन्द्रले कारबाही गर्ने गुरुङले चेतावनी दिनुभयो ।

विशेष अतिथिको भुमिका निर्वाह गर्नभएका नेपाल तरुण दल अध्यक्ष गुरुङको उपस्थितिमा सयौं तरुणहरु तरुण दलमा प्रवेश गरेका थिए । नवप्रवेशी तरुणहरुलाई नेपाली काङ्ग्रेस केन्द्रीय सदस्य देवेन्द्रराज कडेलले खादा र तरुण दल अध्यक्ष विद्वान गुरुङ्ले माला र टिका लगाएर स्वागत गर्नुभएको थियोे ।
कार्यक्रम तरुण दल सुनवल नगरसमिति अध्यक्ष पविन गुरुङको सभापतित्वमा सम्पन्न भएको थियोे।

Back to top button