पर्यटकलाई अध्यागमनको आग्रह- भिसा शुल्क तिर्न नगद नै बोक्नुस्

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयले पर्यटकहरुलाई नगद नै बोकेर आउन पर्यटकलाई अनुरोध गरेको छ । विद्युतीय भुक्तानी प्रक्रियामा समस्या रहेको भन्दै अध्यागमन कार्यालयले सार्वजनिक सूचना जारी गरेको थियो ।

विमानस्थलमा आएका पर्यटकले अनएराइभल भिसाबापत २०० डलर वा सो बराबरकोे विदेशी मुद्रा तिर्नुपर्छ । तर, आजभोलि विदेशी पर्यटकले मास्टर कार्ड, भिसा कार्ड तथा विद्युतीय कारोबार लिएर आउँछन् ।

तर, विमानस्थलको प्रणालीले काम नर्दा यस्तो भुक्तानीमा समस्या भइरहेको अध्यागन कार्यालयले जानकारी दिएको छ । सोही कारण पर्यटकलाई २०० अमेरिकी डलर वा सो बराबरको विदेशी मुद्रा नगदमै बोक्न आग्रह गरेको हो ।

पछिल्ला दिनमा विदेशबाट आउने पर्यटक बढेको र विमानस्थलभित्र एउटा मात्रै एटीएम मेसिन रहेकाले पर्यटकहरुलाई भुक्तानीका लागि नाइन बस्नुपर्ने झन्झट छ । सोही कारण नगदनै बोकेर आउन भनिएको अध्यागमनले जनाएको छ ।

साभार अनलनईन खबर

Back to top button