स्थानीय निर्वाचनमा राप्रपा एक्लै लड्छ : लिङ्देन

चितवन । राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आसन्न स्थानीय निर्वाचनमा आफ्नो पार्टी एक्लै लड्ने बताउनुभएको छ ।भरतपुर विमानस्थलमा सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै अध्यक्ष लिङ्देनले आसन्न निर्वाचनमा कुनैपनि दलसँग गठबन्धन नगर्ने र एक्लै चुनावमा जाने बताउनुभएको हो ।

शिक्षा सहित सुशासन, भ्रष्टाचारमुक्त समाज निर्माण गर्ने बताउँदै आसन्न निर्वाचनमा कुनैपनि दलसँग गठन्धन नगर्ने र एक्लै चुनावमा जाने स्पष्ट पार्नुभयो ।अहिले राप्रपा नयाँ दृष्टिकोणबाट अगाडि बढ्न खोजेको र यसले देशमा नयाँ ध्रुवीकरण पैदा गरेको उहाँको भनाई छ । अरु पार्टीमा भएका राम्रो मान्छे र देशलाई माया गर्नेहरु राप्रपा प्रवेशको लहर चलेको भन्दै राजनीतिलाई पेशा व्यवसाय मान्नेहरु मात्रै राप्रपा छाडेको बताउनुभयो ।

अध्यक्ष लिङ्देनले आगामी चुनावमा आफ्नो पार्टीले जितेको सबै स्थानमा निःशुल्क शिक्षाको व्यवस्था गर्ने बताउनुभयो ।साभार ईमेज खबर

Back to top button