चट्याङ लागेर तीन घाइते

काठमाडौं । सल्यानमा चट्याङ लागेर तीन जना घाइते भएका छन् ।सल्यानका कपुरकोट गाउँपालिका– ४ धनवाङ स्थित थापा टोलमा चट्याङ लागेर ६६ वर्षीय आशाराम थापा, उनकी श्रीमती ६५ वर्षीया गंगी थापा र १२ वर्षीय नाती दिनेश थापा घाइते भएको प्रहरीले जनाएको छ ।

आज बिहीबार बिहान घरमै सुतिरहेको समयमा उनीहरूलाई चट्याङले लागेर घाइते बनाएको प्रहरी चौकी कपुरकोटले जनाएको छ ।यसैगरी, चट्याङ लागेर एउटा गोरु र १४ वटा कुखुरा पनि मरेको प्रहरीले जनाएको छ ।साभार ईमेज खबर

Back to top button