भारतको आसाममा विषालु च्याउ खाँदा १३ जनाको ज्यान गयो, ३५ जना बिरामी

भारतको आसाममा विषालु च्याउ खाँदा १३ जनाको ज्यान गएको छ । ३५ जना बिरामी परेका छन्  ।आसामको चराइदेव, डिब्रुगढ, शिवसागर र तिनुसुकिया जिल्लामा विषालु च्याउ खाँदा १३ जनाको ज्यान गएको हो । गएको सोमवार चार जनाको र अस्ति मङ्गलवार नौ जनाको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । च्याउ खाएर बिरामी परेका ३५ जनाको उपचार भइरहेको छ ।

उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर छ । उनीहरुले सामान्य च्याउ सम्झेर खाएको बताएका छन् । उनीहरुलाई च्याउ खाएपछि पेट दुख्ने, वान्ता हुने जस्ता समस्या देखिएको खबरमा उल्लेख गरिएको छ । साभार उज्यालो अनलाईन

Back to top button