देशका धेरै ठाउँको मौसम अंशिकदेखि सामान्य बद्ली, केही ठाउँमा पानी पर्ने सम्भावना

काठमाण्डाै – देशका धेरै ठाउँको मौसम अंशिकदेखि सामान्य बद्ली भएको छ । मौसमविद् विष्णु घिमिरेका अनुसार आज पनि प्रदेश १, वाग्मती र गण्डकी प्रदेशका पहाडी क्षेत्रका केही ठाउँमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना छ । यस्तै, आज तराईका जिल्लामा पनि हल्का पानी पर्ने सम्भावना रहेको मौसमविद् घिमिरेले जानकारी दिनुभयो ।

आज तराईका जिल्लाको मौसम पनि आंशिकदेखि सामान्य बद्ली भएको छ । केही ठाउँमा हल्का पानी पर्ने अनुमान गरिएको उहाँले बताउनुभयो । नेपालमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव छ । यसका कारण भोलि पनि देशका धेरै ठाउँको मौसम आंशिकदेखि सामान्य बद्ली भइ केही ठाउँमा पानी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् ।साभार उज्यालो अनलाईन

Back to top button