रौतहटमा तीन लाख रुपैयाँ घुससहित एक प्रधानाध्यापक पक्राउ

राैतहट – रौतहटमा तीन लाख रुपैयाँ घुससहित एक प्रधानाध्यापक पक्राउ परेका छन् । विश्वेश्वरप्रसाद कोइराला आदर्श माध्यमिक विद्यालय जोकहाका प्रधानाध्यापक राकेशकुमार ठाकुरलाई घुससहित पक्राउ गरेको अख्तियार दूरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।

करार अवधि थप गर्न सेवाग्राहीसँग घुस मागेको सूचना र उजुरीका आधारमा अख्तियारको टंगालबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो । बिहान रौतहटको यमुनामाई गाउँपालिका वडा ४ चन्द्रनिगाहपुरबाट उनलाई पक्राउ गरेको आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिनुभयो ।

ठाकुरसहित दिपेन्द्र सर्जिकल पसलका सञ्चालक दिपेन्द्रकुमार झा पनि पक्राउ परेका छन् । ठाकुर र झाबारे थप अनुसन्धान भैरहेको पनि अख्तियारले जनाएको छ ।

Back to top button