मन्त्री आलेद्वारा हिमाल आरोही लामालाई बिदाइ

काठमाण्डाै – संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कञ्चनजङ्घा हिमाल आरोहण गर्न जान लाग्नु भएकी काभ्रे जिल्ला रोशी गाउँपालिका–१ भिमखोलीकी ३२ वर्षीया सर्मिला लामालाई बिदाइ गर्नुभएको छ ।

मन्त्रालयमा आयोजित कार्यक्रममा मन्त्री आलेले आरोही लामालाई नेपालको राष्ट्रिय झण्डा हस्तान्तरण गर्दै सफलतापूर्वक आरोहण गरेर फर्कन शुभकामना दिनुभयो । उहाँले आफ्नो स्वास्थ्य र भौतिक अवस्था सबै विचार गरेर आरोहण गर्न सुझाव समेत दिनुभएको छ ।

विगत१६ वर्षदेखि हिमाल आरोहण गर्न थाल्नुभएकी लामाले विश्वका अग्ला १४ वटा हिमाल आरोहण गर्ने लक्ष्य राख्नुभएको छ । यसमध्ये चार वटा हिमालको आरोहण गरिसकेको आरोही लामाले जानकारी दिनुभयो । लामाले यसअघि सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरिसक्नु भएको छ ।साभार उज्यालो अनलाईन

Back to top button