ओखलढुंगामा जीप दुर्घटना हुँदा दुई प्रहरीको ज्यान गयो

काठमाण्डाै – ओखलढुंगाको मानेभन्ज्याङ गाउँपालिका ६ र ७ को सीमानामा पर्ने हिलेपानी नजिकै बान्द्रेभीरमा बिहान जीप दुर्घटना हुँदा २ जना प्रहरीको ज्यान गएको छ । ७ जना घाइते भएका छन् ।

घाइते ७ मध्ये चारजनाको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ । सोलुखुम्बुबाट माेरङकाे विराटनगरका लागि छुटेको जीप दुर्घटनामा परेको हो । दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ ।

जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डीएसपी सुकदेव खनालले आफूहरु उद्धार कार्यमा व्यस्त रहेको बताउनु भएको छ । गम्भीर घाइतेहरुलाई उपचारका लागि हेलिकप्टरमार्फत काठमाण्डौ पठाउने तयारी भइरहेको छ ।साभार उज्यालो अनलाईन

Back to top button