भन्सार छलेर ल्याएको कपडासहित दुई जना पक्राउ

काठमाण्डाै – नेपाल प्रहरीले भन्सार छलेर ल्याएको सामानसहित दुई जनालाई पक्राउ गरेको छ ।महानगरीय प्रहरी परिसर काठमाण्डाै र महानगरीय प्रहरी वृत्त टेकु तथा जनसेवाबाट खटिएको टोलीले २३ लाख ५५ हजार ३०० मूल्य बराबरको कपडासहित काठमाण्डौ महानगरपालिका–१४ बस्ने ३८ वर्षीय नीरज अग्रवाल र काठमाण्डाै महानगरपालिका–१८ बस्ने ३८ वर्षीय सन्दीप कुमारलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाण्डाैका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले भन्सार छली गरेर ल्याएको लत्ताकपडासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिनुभयो ।

अग्रवालले काठमाण्डाै महानगरपालिका–२४ असनमा सञ्चालन गर्दै आएकाे हनुमान ट्रेड कन्सर्न पसलको गोदामबाट कपडा फेला पारेको प्रवक्ता मैनालीले बताउनुभयो । पक्राउ परेका दुवै जनालाई थप अनुसन्धान तथा कारबाहीका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।साभार उज्यालो अनलाईन

Back to top button