
डोटी – सेती नदीमा नुहाउने क्रममा डुबेर आज एकजना वृद्धको ज्यान गएको छ ।डाेटीकाे प्रसिद्ध धार्मिक स्थल सालमुनीमा पूजा गर्न आएका के आइसिंह गाउँपालिका–६ भिताडीका राम ताम्राकारको नुहाउने क्रममा नदीमा डुबेर ज्यान गएको जिल्ला प्रहरी कार्यालय डोटीका सूचना अधिकारी कान्तिराज जोसीले जानकारी दिनुभयो ।आज बिहान करिब १० बजेतिर नुहाउने क्रममा डुबेका ताम्राकार करिब आधा घण्टापछि मृत अवस्थामा भेटिएका प्रहरीले जनाएको छ । साभार उज्यालो अनलाईन