पर्वतमा दूधको मुल्य साविक मुल्यमा १० रुपैयाँ बढाईयो

पर्वत । पर्वतमा दूधको मुल्य बढाईएको छ । सबैजसो बस्तुमा मुल्यबृद्धि हुँदा पनि दूधको मुल्य नबढेको किसानको गुनासो आएको भन्दै डेरी एसोसियसन पर्वतले प्रतिलिटरमा १० रुपैयाँ मुल्य बढाएको हो । बैशाख १ गते देखि नयाँ मुल्य कायम हुने डेरी एसोसियसनले जनाएको छ ।

अवदेखि भैँसीको दूध प्रतिलिटर एक सय २० र गाईको दूध प्रतिलिटर एक सय रुपैयाँ पर्ने छ । पर्वत डेरी एसोसियसनको आजको बैठकले नयाँ मुल्य तोकेको अध्यक्ष हरि सुबेदीले जानकारी दिनुभयो । दूधको मुल्य बढ्दा उपभोक्तालाई मार परेपनि किसानलाई भने राहात भएको छ । यसअघि भैँसीको दूध १ सय र गाईको ९० रुपैयाँ रहेको थियो ।

पर्वतमा ३ हजार ५ सय लिटर दैनिक उत्पादन हुने गरेको अनुमान छ । कुश्माबजारमा मात्रै दैनिक एक हजार ५ सय लिटर खपत हुँदै आएको छ । जिल्लामा नबिकेको दूध पोखरा सम्म पुग्दै आएको छ । पर्वतमा विक्री नहुने दूधलाई विभिन्न सहकारीले पोखरा सम्म पुराएर बेच्दै आएका छन् ।

Back to top button