२८ जिल्लाका लागि ४५ लाख २२ हजार मतपत्र छाप्ने काम सकियो

आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतपत्र छाप्ने कार्य जारी रहेको निर्वाचन आयोगले जनाएको छ । आयोगले सोमबार पत्रकार सम्मेलन गरेर २८ जिल्लाका लागि आवश्यक पर्ने ४५ लाख २२ हजार मतपत्र छाप्ने काम सकिएको जनाएको छ ।

अन्य मतपत्र पनि छाप्ने काम जारी रहेको आयोगको भनाइ छ । आयोगले सबै स्थानीय तहका निर्वाचन अधिकृतलाई एक एक प्रति मतदाता नामावली पठाइएको पनि जनाएको छ ।साभार रातोपाटी

Back to top button