जापान जान लागेकी युवती त्रिभुवन विमानस्थलमा गोलीसहित पक्राउ

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एक राउण्ड गोलीसहित एक युवती पक्राउ परेकी छन् ।पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका-७ की २७ वर्षीया सोविता नेपाली रहेको अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयको अपराध अनुसन्धान शाखाले जनाएको छ ।

नेपाल एयरलाइन्सको जहाजबाट आइतबार मलेसियाँ हुँदै जापान जान लागेकी सोविताको साथबाट सुरक्षा जाँचका क्रममा गोली बरामद भएको हो ।‘एक्सरे ए’मा जाँच गर्ने क्रममा उनको सानो पर्समा एक राउण्ड गोली फेला परेको हो । उनलाई थप अनुसन्धानका लागि प्रहरी वृत्त गौशाला पठाइएको अपराध अनुसन्धान शाखाले जानकारी दिएको छ ।साभार अनलाईन खबर

Back to top button