थप २२ जनामा कोरोना, १५ हजारलाई खोप

काठमाडौं । देशभर थप २२ जनामा कोरोनाभाइरसको सङ्क्रमण पुष्टि भएको छ ।५ हजार १ सय ४४ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट २२ मा सङ्क्रमण पुष्टि भएको हो ।संक्रमणकै कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु भएको छैन ।सोही समयमा थप ४६ जना निको भएका छन् ।

देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ५ सय ६८ पुगेको छ ।पछिल्लो २४ घण्टामा मात्र १५ हजार ३ सय ५५ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएका छन् ।नेपालमा हालसम्म ११ हजार ९५१ जनाले कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाएका छन् ।साभार ईमेज खबर

Back to top button