नेपाली काँग्रेस पर्वतको कार्यसमिति सदस्यमा ४ जना मनोनित

पर्वत । नेपाली काँग्रेस पर्वतका पार्टी सभापति युवराज जोशीले ४  जनालाई जिल्ला कार्यसमिति सदस्यमा मनोनित गरेका छन् । । नेपाली काँग्रेसको विद्यान २०१७ को परिच्छेद ३ दफा १२ को उपदफा ५ को ख मा व्यवस्था भए बमोजिम सभापतिले मनोनित गरेका हुन ।

मनोनित हुनेमा महाधिवेशन प्रतिनिधि कुस्मा नगरपालिका ९ का शिवशर्मा अधिकारी,फलेवास नगरपालिका ११ पर्वतका शेरबहादुर सुनार ‘जितबहादुर’ जलजला गाउँपालिका ९ का सोम पुन र कुस्मा नगरपालिका २ का सरस्वती शर्मा ‘जिज्ञासा’ हुन । एक विज्ञप्ति मार्फत उनीहरुलाई जिल्ला कार्यसमितिमा मनोनित गरेको नेपाली काँग्रेस पर्वतले जनाएको छ ।
मनोनित गरिएको विज्ञप्ति पत्र ।

277967667_658610215441663_3085588714012030130_n.jpg
Back to top button