नयाँ वर्षको अवसरमा जीपलाईनमा छुट सुविधा

पर्वत : सहासिक खेलमध्येको एक पर्वतमा रहेको द हार्नेस जीपलाइनले नेपालीहरुको नयाँ वर्ष २०७९ सालको अवसर पारेर खेलाडीहरुको लागि विशेष छुटको घोषणा गरेको छ ।

सहासिक खेलका पारखीहरुलाई प्रात्सहान गर्नका लागि विशेष दिन तथा पर्वहरुमा छुट प्रदान गर्दै आएको जीपलाईनमा नयाँ वर्षको लागि पनि विभिन्न छुटहरु दिन लागिएको सञ्चालक राजकुमार बस्नेतले बताए । उनका अनुसार कपल प्याकेज अन्तर्गत रहेका सुपरम्यान जीपलाईन, जाइन्ट स्वीङ र स्काई ग्लास ब्रिजमा यस अगाडि १० हजार ६ सय रुपैयाँ लाग्ने गरेकोमा विशेष छुटमा ९ हजार १ सय रुपैयाँ बनाइएको छ ।

कपल प्याकेज अन्तर्गत नै क्लासिक जीपलाइन, जाइन्ट स्वीङ र स्काई ग्लास ब्रिजमा ८ हजार ६ सय रुपैयाँ शुल्क रहेको भए पनि नयाँ वर्षको अवसरमा ७ हजार ५ सय रुपैयाँ मात्रै तिरे हुने छ । सिङ्गल प्याकेज अन्तर्गत क्लासिक जीपलाइन, जाइन्ट स्वीङ र स्काई ग्लास ब्रिजका लागि ४ हजार ४ सय रुपैयाँ शुल्क राखिएकोमा अब ३ हजार ८ सय रुपैयाँ बनाइएको छ । यस्तै सिङ्गल प्याकेज अन्तर्गतकै सुपरम्यान जीपलाइन, जाइन्ट स्वीङ र स्काई ग्लास ब्रिजका लागि ५ हजार ४ सय रुपैयाँ शुल्क राखिएकोमा अब ४ हजार ६ सय रुपैयाँ बनाइएको छ ।

जाइन्ट स्वीङ अन्तर्गत जोडीका लागि ७ सय रुपैयाँ र एक जनाको लागि ४ सय रुपैयाँ निर्धारण गरिएको छ । कम्पनीका निर्देशक सुनिल सिंह बानियाले नयाँ वर्षमा घुम्ने प्रचलन रहेको र पर्वतका सहासिक खेलमा रमाउनको लागि आउने पर्यटकहरु तथा जिल्लाबासीहरुलाई समेत लक्षित गरेर छुट दिइएको बताए । अहिले जीपलाईनमा रमाउनेहरुको सङ्ख्या दैनिक रुपमा बृद्धि भएको जानकारी दिँदै उनले कम्पनीले नै निर्माण गरिरहेको रिसोर्टको काम पूरा भएपछि पर्यटकहरुको आवागमन अझै बढी हुने बताए ।

संजय रेग्मी

Back to top button