बागलुङका मन्दिरमा आन्तरिक पर्यटकको भीड

बागलुङ । कोरोनाले सुस्ताएको बागलुङको पर्यटन व्यवसायमा उल्लेख्य सुधार आएको छ ।थाेरै मात्रमा पर्यटक देखिने बागलुङमा दुई वर्ष यता धेरै पर्यटक देखिन थालेका छन् । मुक्तिनाथ, ढोरपाटन र कालिका दर्शनका लागि आउने पर्यटकको चाप बागलुङमा निकै बढेको छ । लामो पुल, पञ्चकोट लगायतका स्थानले आफूहरुलाई तानेको पर्यटकहरु बताउँछन् ।

कालिका मन्दिर परिसर र पञ्चकोटमा पर्यटक बोक्ने सवारी साधनहरुको चाप थेग्न मुस्किल छ । चैत दोस्रो सातादेखि बागलुङमा आन्तरिक पर्यटकको चाप एक्कासी बढेको पर्यटन व्यवसायी बताउछन् ।भर्जिन पर्यटकीय क्षेत्रका रुपमा एकदमै अगाडी बढेको बागलुङ विस्तारै पर्यटकीय गतिविधि बढ्दै गएकाले यहाँका नागरिकहरुको आर्थिक सवलीकरणमा समेत सुधार हुन थालेको छ ।

Back to top button