विवेकशील साझाले काठमाण्डौ महानगरकाे मेयरमा समीक्षा र उपमेयरमा कीर्तिलाई उठाउने

काठमाण्डाै – विवेकशील साझा पार्टीले काठमाण्डौ महानगरपालिकाको मेयरमा समीक्षा बास्कोटालाई उम्मेदवार बनाउने भएको छ।यस्तै, उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार बनाउने निर्णय भएको विवेकशील साझा पार्टीले जनाएको छ।

आज विज्ञप्ति निकालेर  विवेकशील साझा पार्टीले मेयरमा समीक्षा बास्कोटा र उपमेयरमा कीर्ति तुलाधरलाई उम्मेदवार बनाउने निर्णय गरेको जानकारी दिएको हो।मेयरमा अघि सारिएकी समीक्षा विवेकशील साझा वाग्मती प्रदेशकी पूर्वसंयोजक तथा अहिले पार्टीको केन्द्रीय कार्य सम्पादन समितिकी सदस्य हुनुहुन्छ। यस्तै, उपमेयरमा अघि सारिएकी कीर्ति केन्द्रीय सदस्य हुनुहुन्छ। साभार उज्यालो अनलाईन

Back to top button