रणवीर कपूर र आलिया भट्टको बिवाह मिति सार्वजनिक

काठमाडौं । बलिउड अभिनेता रणवीर कपुर र अभिनेत्री आलिया भट्ट लामो समयदेखि विवाहको चर्चामा छन् । भारतीय सञ्चारमाध्यमका अनुसार दुवै अब १५ अप्रिलमा विवाह बन्धनमा बाँधिदैछन् ।इन्डिया न्युज टुडेका अनुसार दुबैको विवाह आरके हाउस ‘वास्तु’ मा तय भएको छ । यहि स्थलमा उनीहरू विवाह बन्धनमा बाँधिने भएका छन् । संगीतदेखि मेहन्दी नाइटसम्मको मिति सार्वजनिक भएको छ । आलिया र रणवीरको मेहन्दी १३ अप्रिलमा छ । यसैगरी १४ अप्रिलमा संगीत कार्यक्रम पनि राखिएको छ भने, १५ अप्रिलमा बिवाहको मिति सार्वजनिक गरिएको छ ।

यो विवाहमा फिल्मी क्षेत्रका धेरै कलाकारहरूको सहभागी हुनेछ । यस बिवाहको सुचिमा धेरै ठुला कलाकार र फिल्म निर्देशकको नाम समावेश गरिएको छ ।उनीहरूले आयन मुखर्जीको फिल्म ब्रम्हास्त्रमा सँगै काम गरेका छन् । यो फिल्मको टीजर पनि रिलीज भैसकेको छ । यहि फिल्मको सुटिङको क्रममा उनीहरू प्रेममा परेका हुन् । आलियाले आफुले सानै उमेरदेखि रणवीरलाई मन पराएको र बिवाह गर्न चाहेको कुरा बारम्बार मिडियामा गर्दै आइरहेकी थिइन् ।साभार उज्यालो अनलाईन

Back to top button