नेपाली काँग्रेस पर्वतलाई प्रविधिमैत्री बनाउन कम्यूटर प्रदान

पर्वत । नेपाली काँग्रेस पर्वतलाई प्रविधिमैत्री बनाउन जलजला गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्रवहादुर क्षेत्रीले एक थान कम्यूटर प्रदान गर्नुभएको छ । क्षेत्रीले आफ्नो व्याक्तिगत खर्चमा पार्टीलाई कम्पूटर प्रदान गर्नुभएको हो । साथै उहाँले एक थान प्रिण्टर समेत प्रदान गर्नुभएको छ । प्रमुख प्रसासकीय अधिकृत क्षेत्रीले नेपाली काँग्रेस पार्टीलाई प्रविधियुक्त बनाउन आफुले निस्वार्थ सहयोग गरेको र पार्टीको उन्नतीका लागि अन्य बेला पनि सहयोग गर्ने बताउनुभयो ।

जिल्ला सभापति यूवराज जोशी, पूर्व पार्टी सभापति खिमप्रसाद भुसाल, जिल्ला सचिव गुप्तनिधी शर्मा लगायत पार्टीका पदाधिकारी, भातृ संस्थाहरुका प्रतिनिधीहरु कार्यक्रममा सहभागी हुनुभएको थियो । पार्टी सभापति जोशीले क्षेत्रीको सहयोगका लागि धन्यवाद दिनुभयो । उहाँले पार्टी कार्यालय स्थापना गर्न, पार्टीलाई आवश्यक परेका विभिन्न वखतमा क्षेत्री परिवारले सहयोग गर्दै आएको भन्दै आगामी दिनमा पनि निरन्तर रुपमा पार्टीका कार्यक्रममा हातेमालो गर्ने बताउनुभयो ।

Back to top button