एमालेको गढ तोड्दै पिपलटारीका तीनदर्जन यूवा नेपाली काँग्रेसमा प्रवेश

पर्वत । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली पर्वतमा आएर सयौँ कार्यकर्ता आफ्नो पार्टीमा प्रवेश गराउने हल्ला चलाइएको बेला त्यसलाई काउण्टर दिँदै पर्वतको एक गाउँका एमाले कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् । कुश्मा नगरपालिका १० पिपलटारीका एमालेमा प्रतिबद्ध रहेका यूवाहरु आज नेपाली काँग्रेसको पार्टी कार्यालयमा आएर काँग्रेसको सदस्यता ग्रहण गरेका हुन् । पिपलटारीको तमादीका ३५ जना यूवायूवतीलाई नेपाली काँग्रेस पर्वतका सभापति यूवराज जोशीले पार्टीमा स्वागत गर्नुभएको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै जोशीले कम्यूनिष्ठ बादशाहहरुले गरिव र विपन्न नागरिक लाई संधै गुमराहमा राख्दै आएको भन्दै अव कम्यूनिष्ठको झुठो आश्वसनमा कोहि पनि नभुल्ने बताउनुभयो । काँग्रेसले कम्यूनिष्ठको गढ भत्काउन सफल हुने जोशीले बताउनुभएको थियो । उहाँले केपी शर्मा ओलीले प्रतिनिधी सभा चुनावको प्रचारको क्रममा कुश्माको बान्द्रेबिँडीमा रेल स्टेशन बनाउने उद्घोष गरेको चर्चा गर्दै जोशीले चैत २६ गते कुश्मामा आउँदा सबैले रेल स्टेशनको प्रश्न तेर्साउने बताउनुभयो । काँग्रेस झुठ कुरामा जनतालाई नभुलाउने बताउँदै जोशीले काँग्रेस जे बोल्छ त्यो पुरा गर्छ भन्नुभयो ।

कार्यक्रममा नेपाली काँग्रेस गण्डकी प्रदेश सदस्य एवं कुश्मा नगरपालिकाका उपप्रमुख सीता काफ्ले लामिछानेले जनताको हरेक सुखदुखमा साथ दिँदै आएको भन्दै काँग्रेसको लोकतान्त्रिक पद्धतीमा सामेल हुन आएका नवप्रवेशीहरुको संरक्षण गरिने बताउनुभयो । काँग्रेसको संगठन बुझेर आउनेहरुलाई सदा संरक्षण र साथ दिँदै आएको लामिछानेले बताउनुभयो । कुश्मा नगरपालिकाले आफ्नो हैषियतले भ्याएसम्म जनअपेक्षाको काम गरेको नगरउपप्रमुख लामिछानेले बताउनुभयो ।

कार्यक्रममा नेपाल दलित संघ गण्डकी प्रदेशका सदस्य याम परियार शिवले दलित समूदायलाई कम्यूनिष्ठ पार्टीले गुमराहमा राखेको भन्दै ढिलै भएपनि उनीहरुको भ्रम चिनेर काँग्रेसमा प्रवेश गरेकोमा खुशी व्यक्त गर्नुभयो । कार्यक्रममा स्वागत मन्तव्य नेपाली काँग्रेस प्रदेश ‘क’ का सभापति राजकुमार क्षेत्रीले व्यक्त गर्नुभएको थियो भने सञ्चालन जिल्ला सचिव गुप्तनिधी शर्माले गर्नुभएको थियो । कार्यक्रम पिपलटारीका सभापति नरवहादुर केसीको सभापतित्वमा भएको थियो । नवप्रवेशी कोपिला नेपाली, तिर्थवहादुर नेपाली, नारायणवहादुर नेपालीले बोल्दै धेरै वर्ष देखि एकछत्र रुपमा कम्यूनिष्ठले राज गरेकोमा अब काँग्रेसले कम्युनिष्ठको गढ भत्काउनुपर्ने बताउनुभयो ।

Back to top button