शेयर बजारको ओरालो यात्रा रोकिएन, आज २३ अङ्कले घट्यो, झन्डै २ अर्ब रुपैयाँको कारोबार

काठमाण्डाै – शेयर बजार आज बुधवार पनि दोहोरो अङ्कले घटेको छ । पछिल्लो दुई दिन लगातार उच्च अङ्कले घटेको नेप्से आज २३ दशमलव ३२ अङ्कले घटेर दुई हजार चार सय २८ दशमलव ७५ विन्दुमा झरेको छ ।

आज व्यापार, जीवन बीमा र अन्य समूहबाहेक अरू सबै समूहको शेयर घटेको छ । दुई सय २६ वटा कम्पनीका ४३ लाख ७२ हजार कित्ता शेयर एक अर्ब ९९ करोड २९ लाख रुपैयाँमा कारोबार भएकाे छ । सबैभन्दा धेरै हिमालयन डिस्टिलरीको नौ करोड ४१ लाख रुपैयाँको शेयर किनबेच भएको छ ।

आज सबैभन्दा धेरै इमर्जिङ नेपालको शेयर १० प्रतिशतले घटेको छ । यस्तै राष्ट्र उत्थान लघुवित्तको शेयर झन्डै साढे पाँच प्रतिशतले ओरालो लागेको छ । समग्रमा बजार घटे पनि नेस्डाे समृद्ध लघुवित्तको शेयर १० प्रतिशतले तथा सोल्टी होटल र तारागाउँ रिजेन्सीको शेयर झन्डै चार प्रतिशतले बढेको छ । साभार उज्यालो अनलाईन

Back to top button