पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले पेट्रोलियम पदार्थको मूल्यवृद्धि फिर्ता लिन माग गरेको छ ।  नेपाल आयल निगमले गए रातिदेखि लागू हुनेगरी मूल्यवृद्धि गरेपछि क्रान्तिकारीका अध्यक्ष हरिकृष्ण गजुरेलले विज्ञप्तिमार्फत सो माग गरेका हुन् ।

निगमले पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ बढाएर १६० रुपैयाँ प्रतिलिटर, डिजेलमा प्रतिलिटर ५ रुपैयाँ बढाएर १४३ रुपैयाँ प्रतिलिटर र मट्टितेलमा पनि प्रतिलिटर ५ रुपैयाँ बढाएर १४३ रुपैयाँ प्रतिलिटर पु¥याएको छ ।  यस्तै खाना पकाउने एलपी ग्यासमा प्रतिसिलिण्डर २५ रुपैयाँ बढाएर १ हजार ६ सय रुपैयाँ प्रतिसिलिण्डर पु¥याएको छ ।साभार रातोपाटी

Back to top button