बलात्कारका घटनामा वृद्धि, एक महिनामै २७ जना बलात्कृत

महिला पुनर्स्थापना केन्द्र (ओरेक) ले बलात्कारका घटना बढेको जनाएको छ । एक महिनामा १२७ वटा महिला हिंसाका घटनामधये २१ प्रतिशत बलात्कारका घटना रहेको ओरेकको प्रतिवेदनमा उल्लेख छ ।​ ओरेकका अनुसार फागुन महिलामा २७ वटा बलात्कारका घटना भएका हुन् । त्यस्तै, तीन बलात्कार प्रयास भएको र तीन जनताको बलात्कारपछि हत्या भएको ओरेकले जनाएको छ ।

बलात्कारका घटनामा प्रमुख जिम्मेवार रहनेमा पीडितका छिमेकी ४८ प्रतिशत छन् भने आत्मीय मानेका साथी १५ प्रतिशत पाइएको छ । बलात्कार भएकामध्ये सबैभन्दा बढी अर्थात् ५६ प्रतिशत १६ वर्षभन्दा कम उमेरका बालिका तथा किशोरी छन् भने १७ देखि २५ वर्ष उमेर समूहका महिला २६ प्रतिशत छन् ।साभार रातोपाटी

Back to top button