१३ छात्रालाई बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्ड

काठमाडौं । इण्डोनेसियाको एक मदरसामा अध्ययनरत् १३ छात्रालाई बलात्कार गर्ने शिक्षकलाई मृत्युदण्ड दिइने भएको छ ।सन् २०१६ देखि २०२१ को अवधिमा हेरी विरावन नामका शिक्षकले १२ देखि १६ वर्ष उमेर समूहका १३ जना छात्रालाई बलात्कार गरेको र ती मध्ये आठ जना गर्भवती भएको ठहर गर्दै अदालतले मृत्युदण्डको फैसला गरेको हो ।

पश्चिम जाभाको बाडुङ्गस्थित अदालतले गत फेब्रुअरीमा ती शिक्षकलाई आजीवन कैदको सजाय सुनाएकोमा पीडित पक्षले मृत्युदण्डको माग गर्दै अपिल गरेका थिए । गत उक्त अदालतले सोमबार शिक्षक विरावन विरुद्ध मृत्युदण्डको सजाय सुनाएको हो । तर, त्यहाँको मानवअधिकार आयोगले भने मृत्युदण्डको सजायको विरोध गरेको छ ।

यो घटना सार्वजनिक भएपछि इण्डोनेसियका मदरसाहरुमा छात्राहरुको सुरक्षाको विषय निकै खड्किएको छ । इण्डोनेसियामा हजारौंको संख्यामा इस्लामिक स्कूलहरुको रहेका छन् । यस्ता स्कुलहरुमा गरीब विद्यार्थीहरु पढ्ने गर्दछन् ।साभार ईमेज खबर

Back to top button